सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा १५ दलका ३० जना उम्मेदवार र ६ जना स्वतन्त्र उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । दुई क्षेत्र रहेकाे यस जिल्लामा मनाेनयन दर्ता प्रकृया शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रिता कुमारी बख्रेलले बताउनु भयाे ।

मनाेनयन दर्ता गराउनेहरुमा नेपाली काङ्ग्रेसकाे तर्फबाट क्षेत्र नं.१ मा जङ्ग तामाङ र २ मा वंशलाल तामाङ उम्मेदवारी दर्ता गराएका छन् । जङ्ग तामाङ नेपाली काङ्ग्रेसका जिल्ला सभापति र बंशलाल तामाङ ईन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।

नेकपा एमालेकाे तर्फबाट क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङले उम्मेदवार दर्ता गराएका छन् । नेपाल बागमती प्रदेश सरकारका पूर्व मन्त्री हुन् भने तामाङ कानुन मन्त्री भईसकेका व्यक्ति हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट क्षेत्र नं.१ मा माधव सापकाेटा र युवराज दुलालले मनाेनयन दर्ता गराएका निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । माधव सापकाेटा यसै क्षेत्रका निवर्तमान संसद हुन् भने दुलाल बागमती प्रदेश सरकारकाे २ पटक मन्त्री पद सम्हालि सकेका व्यक्ति हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नं. १ मा भरत पराजुली र २ मा झलक कुमार श्रेष्ठले मनाेनयन पत्र पेश गरेका छन् । पराजुली जलविद्युत क्षेत्रका जानफकार तथा व्यवसायी हुन् भने श्रेष्ठ व्यवसायी हुन् ।

त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट क्षेत्र नं. १ वाट राममणी न्याैपाने र २ वाट गाेपिकृष्ण न्याैपानेले मनाेनयन दर्ता गराएका छन् ।

मंगाेल नेशनल अर्गनाइजेसन पार्टीको तर्फवाट दावा लामा क्षेत्र नं. १ र कर्णविर स्यांवु लामा क्षेत्र नं.२ बाट मनाेनयन दर्ता गराएका छन् । त्यस्तै नागरिक सर्वाेच्चता पार्टीको तर्फवाट क्षेत्र नं. १ मा अशाेक कुमार श्रेष्ठ र २ बाट शेरवहादुर तामाङ उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरि क्षेत्र नं. १ मा राष्ट्रिय जनमाेर्चाकाे तर्फवाट दावा ग्याम्छाे लामाले उम्मेदवारी दिएका हुन् । नेलाल मजदुर किसान पार्टीको तर्फवाट क्षेत्र नं. १ मा गिता देवी कर्मचार्य र २ वाट म्हेन्दाे तामाङले उम्मेदवारी दिएका हुन् ।

जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट क्षेत्र नं. १ मा पासाङ शेर्पाले उम्मेदवारी दिएका हुन् । त्यसैगरि आम जनता पार्टीको तर्फवाट क्षेत्र नं. मा पासाङ तामाङ र २ वाट गणेश बहादुर श्रेष्ठले मनाेनयन दर्ता गराएका हुन् ।

उज्यालो नेपाल पार्टीको तर्फबाट क्षेत्र नं१ मा प्रताप लामा र २ मा रामसिं तामाङले मनाेनयन दर्ता गराएका छन् ।
श्रम संस्कृति पार्टीको तर्फवाट क्षेत्र नं. १ मा फुर्पा तामाङ र २ वाट भानु श्रेष्ठले मनाेनयन दर्ता गराएका हुन् । त्यस्तै संघीय लाेकतान्त्रिक राष्ट्रिय मन्चकाे तर्फवाट क्षेत्र नं. १ मा दावा छिरिङ शेर्पाले मनाेनयन दर्ता गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीकाे तर्फबाट क्षेत्र नं. १ मा सिमर श्रेष्ठ र २ मा साेनाम लामाले उम्मेदवारी दिएका हुन् । त्यस्तै मितेरी पार्टी नेपालकाे तर्फबाट क्षेत्र नं.१ वाट राजन सुन्चुरी र २ बाट महेश कुवरले उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टीको तर्फवाट क्षेत्र नं. २ मा मिङमार तामाङले उम्मेदवारी दिएका हुन् ।
त्यसैगरि क्षेत्र नं. १ मा पदमबहादुर तामाङ , सन्तकुमार तामाङ र सानु तमाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नं. २ मा दीपक ढकाल, विजु श्रेष्ठ र सुन्दर अधिकारले स्वतन्त्र उम्मेदवारी दिएकाे क्षेत्र नं.१ काे सहायक निर्वाचन अधिकृत हेमा पाण्डेले बताउनु भयाे ।
क्षेत्र नं. १ तर्फका उम्मेदवारहरकाे नामा लिष्ट

क्षेत्र नं. २ तर्फका उम्मेदवारहरकाे नामा लिष्ट



प्रतिक्रिया दिनुहोस