सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम गाँउपालिका अध्यक्ष भक्त ध्वज बोहराको अध्यक्षता , गाँउपालिका उपाध्यक्ष गिता कुमारी नेपालको आतिथ्यमा सम्पन्न भएको हो ।प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली , जनस्वास्थ्य कार्यालयका प्रतिनिधि ,निसान सापकोटा वडा अध्यक्षहरु सिताराम थापा , रमेश राउत, शिव कुमार कार्की , टेक बहादुर गुभाजु, यादप श्रेष्ठ र रमेश बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्नु हुदै गाउँपालिका अध्यक्ष बोहरा तथा उपाध्यक्ष नेपाललेखोप लगायत स्वास्थ्य क्षेत्रमा लगानि बढाउने । महिला स्वास्थ्य स्वंमसेवी लागयत स्वास्थ्यकर्मीको भुमिका अहम रहेको बताउदै उहाँहरु प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण साहले पूर्णखोप अभियानको प्रगति र उपलब्धिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उत्कृष्ठ स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मिलाई सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस