२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

बलेफी गाउँपालिकाकाे नवनिर्मित भवनकाे उद्घाटन गरियाे


  • २०८३ अषाढ १०, बुधबार मा प्रकाशित १ महिना अघि
  • ४८ पाठक संख्या
  •  सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाको नवनिर्मित सुविधासम्पन्न  प्रशासनिक भवनको आज एक विशेष समारोहका बीच गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले  उद्घाटन गरेका हुन् ।

    उनले भवनमा टाँसिएको शिलापत्र खोलेर भवन उद्घाटन गरेका हुन् । उनलाई पालिका उपाध्यक्ष सरु तामाले साथ दिएकी थिइन ।भवन निर्माणका लागि आफ्नो पुर्ख्यौली तथा अमूल्य करिब ६ रोपनी जग्गा निःशुल्क रूपमा दान गर्ने स्थानीय बागलेगाउँबासी ९ जना  जग्गादाताहरूलाई समारोहमा  सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

     प्रशासनिक भवन निर्माणका लागि आफ्नो अमूल्य जग्गा निःशुल्क उपलब्ध गराई स्थानीय सरकारको स्थायी संरचना खडा गर्न अतुलनीय योगदान पुर्‍याउने जग्गादाताहरूको विवरण भवनकै मूल ढोकामा टासिंएको  छ।

    भवन निर्माणकालागि  जग्गा दान गर्ने बलेफी-५ का ९ जना स्थानीयले  १ रोपनी ११ आना २ पैसा २ दाम जग्गा उपलब्ध गराउने दिवंगत उदि नारायण श्रेष्ठ हुन।

    यसैगरी जग्गा दान गर्नुहुने अन्य दाताहरूमा १२ आना ३ पैसा जग्गा दान गर्ने हर्क बहादुर श्रेष्ठ, ११ आना २ पैसा जग्गा दान गर्ने राम्जी श्रेष्ठ र ६ आना १ दाम जग्गा दान गर्ने चित्र बहादुर श्रेष्ठ हुनुहुन्छ। त्यस्तै, भवन निर्माणका लागि पदम बहादुर श्रेष्ठले ५ आना २ पैसा ३ दाम, लोक बहादुर श्रेष्ठले ५ आना २ पैसा २ दाम, कुल बहादुर श्रेष्ठले ५ आना २ पैसा २ दाम, तुलसी श्रेष्ठले ५ आना २ पैसा २ दाम र ईन्द्र बहादुर श्रेष्ठले ४ आना २ दाम जग्गा प्रदान गरेका प्रमुख प्रशारकीय अधिकृत हाेम बहादुर राउतले बताए ।

    उद्घाटन समाराेहमा उपाध्यक्ष सरु लामा तामाङ, नेपाली कांग्रेसका प्रतिनिधि हिरालाल तामाङ, नेपाली कम्युनिष्ट पार्टीका पालिका कमिटी अध्यक्ष कालीप्रसाद  लामा, वडा अध्यक्षहरु रितेश तामाङ, यादव ठकुरी  र तेजवहादुर पराजुलीले मन्तव्य राखेका थिए । सभामा कर्मचारीहरुले आकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए। सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाेमबहादुर राउतले स्वागत मन्तवय राखेका थिए भने अधिकृत सन्देश सापकाेटाले संचालन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट