२०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025

सिन्धुपाल्चोकलाई पूर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गरियाे


  • न्युज कोशी
  • २०८२ अषाढ २७, शुक्रबार मा प्रकाशित १८ घण्टा अघि
  • ७५ पाठक संख्या
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपन जिल्ला घाेषणा गरिएको छ । शुक्रबार सदरमुकाम चाैतारामा आयाेजित एक समाराेहकावीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपन जिल्ला घाेषणा गरेका हुन् ।


    १६ देखि २३ महिनाका सबै बालबालिकालाई ताेकिएकाे समय भित्रै सबै प्रकारका खाेप पूरा गरिएकोले  पूर्ण खाेप घाेषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले बताईन ।

    जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठकाे अध्यक्षतामा भएको सभामा पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य युवराज दुलाल, प्रदेश सदस्य सरल सहयात्री पाैडेल, चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटा, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपाल लगाएतकाले मन्तव्य राखेका थिए ।


    सभामा जिल्लाका उत्कृष्ट स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरिएको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट