सिन्धुपाल्चोक / प्रतिनिधि सभा क्षेत्र नं.१ र प्रदेश सभा बागमतीका सदस्यहरुकाे आयाेजनामा एस.इ.इ परीक्षा २०८१ मा उतिर्ण हुने क्षेत्र नं.१ का विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
जिल्लाका १५४ विद्यालयका ३१ सय ७० जना विद्यार्थी परिक्षा सहभागी भएको परिक्षामा १९९१ जना विद्यार्थी जिल्ला भर ग्रेडेड भएका थिए भने ११ सय ६९ जना ननग्रेडेड भएका थिए । क्षेत्र नं. १ मा मात्रै ८ सय ९५ जना ग्रेडेड भएका थिए ।
जसमध्ये बालशिक्षा मावि खाडिचाैरका स्मृति नेपाल, म्हेन्दो तामाङ र शुभेच्छा श्रेष्ठ, प्रगति अङ्ग्रेजी वाेर्डिङ स्कुल मेलम्चीका प्रशान्त चालिसे र ज्ञानमन्दिर नमुना माविका राेजिना स्याङताङले ४ जिपिए ल्याउन सफल भएका थिए ।
सभामा बागमती प्रदेशका सन्चार रजिस्ट्रार रेवती सापकाेटा, गैसस महासंघका वरिष्ठ उपाध्यक्ष नानीमाया थापा,उपाध्यक्ष राजेन्द्रप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष धुर्व दंगाल , सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा र प्यावसन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई सम्मान गरिएको थियाे
सभामा प्रतिनिधि सभा सदस्य माधव सापकाेटा, प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेल, अमृता नेपाल , जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वाे र लिसंखुपाखर गाउँपाललिका अध्यक्ष राजु लामा लगाएतकाले ग्रेडेड विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।सभामा प्राध्यापक बिष्णु ज्ञवाली आगामी शैक्षिक यात्रा विषयमा प्रशिक्षण दिएका थिए ।
चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण प्रसाद सापकाेटाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
प्रतिक्रिया दिनुहोस