२०८२ अषाढ २६, बिहिबार | Thu, 10, Jul, 2025

बलेफी गाउँपालिका- ५ बन्याे बालमैत्री वडा


  • २०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित ५ दिन अघि
  • १७९ पाठक संख्या
  • सिन्धुपाल्चोक । बलेफी गाउँपालिक वडा नंं -५ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घाेषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण  श्रेष्ठले एक भव्य समाराेहका वीच बालमैत्री वडा घाेषणा गरेका हुन् ।

    बाल बालिकामा गरेकाे लगानी , शुनिश्चित भविष्यकाे थालनी  भन्ने मुल नाराका साथ सुरु भएको याे अभियान बाल बचाउ , बाल संरक्षण , बाल बिकास , बाल सहभागिता  र संस्थागत विकासका ५१ वटा सूचक पूरा गरे सगै  बालमैत्री वडा घाेषणा गरिएको वडा अध्यक्ष यादव ठकुरीले बताए ।


    समाराेहमा बालमैत्री वडा संगै बाल बिबाह मुक्त  र बाल श्रम मुक्त घाेषणा गरिएकाे  ठकुरीले बताए  । १२ वटा बाल समूह र १ वटा वडा सतरीय बाल संजाल मार्फत विविध कार्यक्रम संचालन गर्दै बालमैत्री वडा घाेषणा गरिएको हाे ।


    वडा नंं ५  बलेफी गाउँपालिकाकाे  पहलाे तथा जिल्लाकाे तेस्रो बालमैत्री  वडा बनेकाे छ । यस अगाडि  चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नंं -१३ पहिलाे , चाैतारा साँगाचाेकगढी नगरपालिका -७, मेलम्ची नगरपालिका वडा नं -७ घाेषणा भईसकेकाे छ ।


    सभामा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उप- प्रमुख पदमनाथ नेपाल, चाैतारा सागाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटा, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ लगाएतकाले मन्तब्य राखेका थिए ।

    वडालाई बालमैत्री घाेषणा गरेकाेमा गाउँपालिकाकाे तर्फवाट १ लाख रुपियाँ पुरस्कार वडालाई हस्तान्तरण गरिएको थियाे । सभामा बालमैत्री घाेषणा गर्न सहयाेग गर्न पहल र प्रयत्न गर्ने स्वास्थ्य शाखा, शिक्षा शाखा लगाएतका संघ संस्था र व्यक्तिलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियाे ।
    सभामा बालबालिकाहरुले बालमैत्री नाटक तथा गित र नृत्य प्रस्तुत गरेका थिए ।

    हाललाई वडा नं ५ लाई बालमैत्री घाेषणा गरिएकाे र बाकी वडाहरुलाई पनि क्रमस घाेषणा गर्दै लगिने बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले बताउनु भयाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट