सिन्धुपाल्चोक । चाैतारा सा नगरपालिकालाई पूर्ण खाेप सुनिश्चितता नगर घाेषणा गरिएको छ । विहिवार आयाेजित एक समाराेहका विच भव्य समाराेहका विच पूर्ण खाेप घाेषणा गरिएकाे हाे ।
संघीय सांसद माधव सापकाेटाकाे प्रमुख आतिथ्यतामा
भएको घाेषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईंले पूर्ण खाेप घाेषणाकाे प्रमाण -पत्र नगर प्रमुख कृष्णप्रसाद सापकाेटालाई हस्तान्तरण गरेका थिए ।
जिल्ला समन्वय समित प्रमुख- जिल्ला खाेप समन्वय समितिकाे अध्यक्ष र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सचिव हुने व्यवस्था छ ।
१६ देखि २३ महिनाका ४५८ बालबालिका सबैले सबै प्रकारकाे खाेप पूरा गरेकाले पूर्ण खाेप नगरपालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले बताए ।
सांसद माधव सापकाेटाले नेपालकाे दिगाेलक्ष्यकाे १६ औं याेजनाले खाेप र स्वास्थ्यलाई अनिवार्य र नैसर्गिक अधिकारकारका रुपमा स्वीकारेकाले साे लक्ष्य पूरा गर्न लागिपरेकाे प्रती नगरपालिकालाई धन्यवाद ज्ञापन गरे ।
समाराेहमा नगर प्रमुख कृष्णप्रसाद सापकाेटाले पूर्ण खाेप घाेषणा गर्न मिहिनेतका साथ काम गर्नु हुने स्वास्थ्य कर्मी तथा स्वयंसेविकाहरुकाे उच्च प्रशंसाा गरे ।
समाराेहमा उपप्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाई , नगरपालिकाका सामाजिक विकास समितका संयाेजक रामप्रसाद गाैतम र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चाेका उपाध्यक्ष दीपक अर्याल लगाएतकाले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस