२०८२ अषाढ २६, बिहिबार | Thu, 10, Jul, 2025

कालिका ईनर्जीकाे सार्वजनिक सुनुवाइ स्थगित- वडा तहमा छलफल आयाेजना गरिने


  • न्युज कोशी
  • २०८२ अषाढ २, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • २३४ पाठक संख्या
  • सिन्धुपाल्चोक । कालिका ईनर्जी प्रालिद्वारा निर्माण गर्न  लागेकाे  जलविद्युत आयाेजनाकाे वातावरण मुल्यांकन सम्वन्धि  सराेकारवाला संगकाे सार्वजनिक सुनुवाइ सुरु हुन नपाउँदै स्थगित भएको छ ।
    आईतवार बाह्रबिसे नगरपालिकाकाे खाेर्सानिवारी अवस्थित सभाहलमा आयाेजित सार्वजनिक सुनुवाइमा स्थानीय केहि युवाहरुले नाराजुलुस  गर्न थालेपछि कार्यक्रम स्थगित भएको हाे । नाराजुलुस सहित हल प्रवेश गरेका युवाहरुले हलका कुर्सी ताेडफाेड समेत गरेका थिए ।

    मध्य भाेटेकाेशी जलविद्युत आयाेजनाकाे  क्यास्केट प्राेजेक्टकाे रुपमा रहेकाे यस आयाेजना ४६ मेगावाटकाे हुने छ । मध्य भाेटेकाेशीकाे पावर हाउसवाट सिदै ४ किमि लामाे सुरुङमार्फतवाट बाह्रबिसे ९ स्थित कल्लेरीमा पावरहाउस बन्ने आयाेजना पक्षले जनाएको छ । करिव ९ अर्व लाग्ने प्रारिम्भक अनुमान आयाेजनाकाे छ ।

    आईतवार स्थगित भएको सार्वजनिक सुनुवाइ मुख्य प्रभावित वडाहरुकाेे छुट्टाछुट्टै छलफल पश्चात् गरिने सहमति भएको आयाेजना पक्षले जनाएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम विना प्रचार प्रशार गरेकाेले आफुहरु विराेधमा उत्रिन परेकाे सहभागि युवाहरुले बताएका छन् ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा आयाेजनाकाे कुरा सुनेपछि मात्रै सभ्य हिसावले बिराेध गर्न सकिने तर कुरै नसुनि बिराेध नगर्नु पर्दथ्याे नाम नबताउने सर्तमा एक जनप्रतिनिधिले बताए  ।

    सार्वजनिक सुनुवाइ स्थगित भएपछि अब प्रभावित वडा तहमा भेलाकाे आयाेजना गरिसकेपछि पुन नगरस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयाेजना गरिने आयाेजना पक्षले  जनाएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट