सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकालाई पूर्ण खाेप सुनिश्चितता नगर घाेषणा गरिएको छ । विहिवार आयाेजित एक समाराेहका विच जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले भव्य समाराेहका विच पूर्ण खाेप घाेषणा गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईंले पूर्ण खाेप घाेषणाकाे प्रमाण -पत्र नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा र स्वास्थ्य शाखाका प्रमुख सीता दाहाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
जिल्ला समन्वय समित प्रमुख जिल्ला खाेप समन्वय समितिकाे अध्यक्ष र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सचिव हुने व्यवस्था छ ।
१६ देखि ५९ महिनाका १ हजार १८ जना र तथा ० देखि १५ महिनाका २६१ बालबालिका सबैले सबै प्रकारकाे खाेप पूरा गरेकाले पूर्ण खाेप नगरपालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सीता दाहालले बताईन् ।
समाराेहमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पूर्ण खाेप पाए संगै हाम्रा नानिबाबुहरु स्वच्छ हुने र भविश्यमा निराेगी हुने कुरामा जाेड दिए ।
नगर प्रमुख बालकृष्ण बस्नेतले पूर्ण खाेप घाेषणा गर्न मिहिनेतका साथ काम गर्नु हुने स्वास्थ्य कर्मीहरुकाे उच्च प्रशंसाा गरे । समाराेहमा उपाध्यक्ष मन्जु तामाङ, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईं लगाएतकाले खाेपकाे महत्वका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमकाे औचित्यमाथि स्वास्थ्य शाखा प्रमुख सिता दाहालले प्रष्ट पारेकी थिईन । पूर्णखाेप घाेषणामा अहाेरात्र खट्ने पालिका भित्रका सबै स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियाे । साे अवसरमा स्वास्थ कर्मी तथा स्वयंसेविकाहरुले सन्देश मुलक गित तथा नृत्य प्रसतुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस