सिन्धुपाल्चोक । जालपादेवि मा.वि बलेफी -४ खर्कचाैर बिन्जेलमा एक विद्यार्थी एक बिरुवा वृक्षारोपण अभियान संचालन गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य सरल सहयत्री पाैडेल, संविधानसभा सदस्य केशव नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ , उपाध्यक्ष सरु लामा तामाङ लगाएतकाले विद्यार्थी संगै बिरुवा राेपेका थिए ।
साेही दिन प्रदेश सदस्य पाैडेलले सुनकाेशी गाउँपालिका अवस्थित सुनकाेशी शारदा माविमा पनि विद्यार्थी संगै बिरुवा राेपेका थिए ।
बिरुवा राेपण अघि उपस्थित शिक्षक , विद्यार्थी तथा अभिभावकलाई सम्वाेधन गर्दै प्रदेश सदस्य पाैडेलले बिरुवा राेपणले हरियाली प्रबर्द्धनका साथै विद्यार्थीवर्गमा वातावरण जाेगाउनु पर्छ भन्ने भावनाकाे विकास हुने बताए । एक विद्यार्थी एक बिरुवा कार्यक्रमले विद्यार्थीमा आफुले राेपेकाे बिरुवा कसरी हुर्काउने र अरुकाे भन्दा कसरी राम्रो बनाउने भन्ने सकारात्मक प्रतिश्पर्दाकाे विकास हुने पाैडेलकाे भनाइ थियाे ।
डिभिजन वन अधिकृत मदन कडेलले विद्यार्थीमा बिरुवा राेपण संगै प्रकृतिलाई माया गर्ने र जंगलमा डढेलाे लगाउनु हुन्न भन्ने विषयमा समेत सचेत हुने विश्वास व्यक्त गरे ।
डिभिजन वन कार्यालय चाैताराकाे सहयाेगमा फलफूल लगाएत बहुवर्षिय फलफुलकाे बिरुवा राेपण गरिएको काे वन अधिकृत रमेश दुदालले बताए । चाैतारा साँगाचाेकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, सुनकाेशी गाउँपालिका र लिसंखुपाखर गाउँ पालिकाका १० वटा विद्यालयमा बिरुवा राेपण गरिने दुललालकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस