मेलम्ची नगर अस्पतालको आयोजना तथा ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन र टुकी संघ सुनकोशीको प्राविधिक सहयोगमा बृहत क्षति ब्यवस्थापन कृतिम घट्ना अभ्यास गरिएको छ । जूनसुकै आपतकालिन अवस्थाको व्यवस्थापनका लागि भनेर कृतिम घटना अभ्यास गरिएको हो ।
मेलम्ची नगरपालिकामा बिपद् व्यवस्थापनमा काम गर्ने सम्वद्ध पक्षहरुको सहभागितामा उक्त घट्ना अभ्यास कार्यक्रम भएको थियो ।
मेलम्ची पेट्रोलपम्प छेउमा गरिएको दुर्घट्नाको सिम्बोलेसनमा भएको कार्यक्रममा मेलम्ची बजारमा भने स्थानीयहरुले साच्चै के भयो भनेर दौडादौड भएको देखिन्थ्यो । यता भने इन्द्रेश्वरी माविका बिध्यार्थी र स्थानीय स्वयमसेवकहरु घट्नाका घाइते पात्रहरू बनेका थिए । कोहीका टाउकोमा चोट, कोहीको घाँटीमा त कोहीको छातीमा, कोहीको हातमा त कोहीको कम्मरमा चोट लागेर घाइते अवस्था रहेको बखत पोषाकमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहायतामा मेलम्ची नगरपालिकाको एम्बुलेन्स, प्रहरी जीप र स्थानीयको बोलेरो गाडीमा घाइतेहरुलाई अस्पताल पुर्याइएको थियो ।
नगर अस्पतालमा नियमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु घाइते पुर्याएपछि उनीहरूको उपचारमा केन्द्रीय भएका थिए । उनिहरु केहिलाई त्यहि उपचार गराइयो भने १ जना गम्भीर घाइतेलाई धुलिखेल अस्पताल रिफर गरियो ।
उक्त घट्नाको सन्दर्भमा सिन्धुपाल्चोकमा कार्यरत सञ्चारकर्मीहरुलाई मेलम्ची नगर अस्पतालका प्रमुख डाक्टर किरण श्रेष्ठले दुर्घटनामा घाईते भएकाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए ।
केहिबेरमै घट्नामा सहभागिहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको बिचमा छलफल गरिएको थियो ।
छलफलमा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र सिन्धुपाल्चोकका रविराज धिताल, जिल्ला जनस्वास्थ्यका कृष्णप्रसाद देवकोटा, पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका एसोसियट प्रोफेसर डा आशिष श्रेष्ठ, डा नविन फुयाँल, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन राष्ट्रिय कार्यक्रम व्यवस्थापक बिरेन्द्र ठकुन्ना, र मेलम्ची नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव देवराज सुवेदीले घट्ना अभ्यासको प्रभावको बारेमा र आगामी तयारीका सन्दर्भमा धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस