काठमाडौं । सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छ डिआईजीको बढुवा गरेको हो ।
डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआइजीमा बढुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस