सिन्धुपाल्चोक । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोककाे १७ औं साधारण सभा बुधबार सुकुटेमा सम्पन्न भएको छ । सभाकाे पूर्व मन्त्री एवं चितवन क्षेत्र नम्बर ३ का सांसद बिक्रम पाण्डेले उद्घाटन गरे । सभामा प्रमुख अतिथि पाण्डेले निर्माण व्यवसायमा व्यवसायीक एकता र ईमान्दारिता आवश्यकता रहेकाे बताए ।
व्यवसायीले अस्वस्त प्रतिश्पर्दा गर्ने , दररेट र काम गर्न सक्ने नसक्ने साईडकाे आंकलन नगरि जसरी पनि काम भए हुन्छ भनि हामफाल्ने प्रवृतिवाट पछिहट्नु पर्ने बताए । मुलुक अफ्टेराे परिस्थितिमा रहेकाे र देश चल्न नसक्ने अवस्थामा रहेकाे पाण्डेको भनाइ थियाे । वार्षिक १२ खर्व घाटामा देश रहेकाे, युवा जमात विदेशीन बाध्य भएको, गाउँ घर खालि रहेकाे, बैंक डुव्ने अवस्थामा रहेकाे बताउँदै सांसद पाण्डे देशमा व्यवसाय गर्ने वातावरण नरहेकाे बताए । सरकारले समयमै नसाेच्ने हाे भने देश टाट पल्टन सक्ने अवस्थामा रहेकाे पाण्डेको टिप्पणी थियाे ।
सभामा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहाकार निकलस पाण्डे, वरिष्ठ उपाध्यक्ष एडि शेर्पा लामा, उपाध्यक्ष रामजी पन्त, बालकृष्ण थापा, शम्भु ठाकुर, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ , सुनकाेशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धुर्व दंगाल लगाएतकाले मन्तव्य राखेका थिए ।
निर्माण व्यवसायी संघका अध्यक्ष दिपेन्द्र थापाकाे अध्यक्षता सम्पन्न समाराेहमा प्रथम उपाध्यक्ष सगुन श्रेष्ठले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।
सभाले व्यवसायी संघकाे वार्षिक प्रगति , आर्थिक प्रतिवेदन र विधान संसाेधन समेत गरेकाे महासचिव जयचन्द्र कुमार लामाले बताए ।
प्रतिक्रिया दिनुहोस